Best One National Level Video Making Competition VMC 2018 to be organized in Butwal

2018-12-22 16:42:34     BON News


सिड्नी ,अस्ट्रेलिया ,फिनल्यान्ड ,न्युजिल्यान्ड ,टेक्सस , क्यालिफोर्निया, सियाटल (संयुक्त राज्य अमेरिका) लगायत विश्वको अन्य ठाँउमा संजाल भएको र बुटवल स्थित मिलानचोकको रातो बङ्लामा मुख्य कार्यालय रहेकाे संस्था वेस्ट वान नेटवर्क (B.O.N) ले संसार भरिका नेपाली युवाहरुलाई लिएर राष्ट्रिय स्तरकाे बेष्ट वान भिडयाे मेकिङ्ग प्रतियोगिता (भि. उम. सि. २०१८) अायाेजना गर्न लागेकाे छ ।

समाजमा भएका जल्दोबल्दो समस्याहरु बारे युवाहरुकाे ध्यानाकर्षण गर्न र युवाहरुकै कलात्मक भिडयाेहरु मार्फत समाजमा जनचेतना फैल्याउनको लागि उक्त कार्यक्रम गर्न लागिएको बि.ओ.एन का मार्केटिङ प्रमुख बसन्त मान जाेशिले जानकारी गराउनु भयाे । जोशीका अनुसार राताे बङ्ला मिलनचोक स्थित बेष्ट वान नेटवर्क सन् २०१७ सेप्टेम्बर १० देखि निरन्तर रुपमा परदेश र अञ्चल स्तरमा एघार भन्दा बढि बौद्धिक , रचनात्मक र पृथक कार्यक्रमहरु गर्दै आइरहेकाे छ । उपत्यका बाहिर प्रथम पटक सर्ट मुभी र भिडयाे सम्बन्धि बृहत् कार्यक्रम गर्न लागेकाे र युवाहरुका जल्दाबल्दा समस्याहरु युवाहरुकै रचनात्मक सर्ट मुभीबाट परिवर्तन गर्न भि उम सि २०१८ गर्न लागिएको कार्यक्रमका टेक्निकल म्यानेजर अभिशेष पाठकले जानकारि दिनु भयाे । देशिभत्र र बाहिरका नेपालिहरुले मादकपदार्थ, सुर्तीजन्य , दुर्व्यवसन वा दुरुपयोग ,बदमासी तथा सताउने मध्य कुनै एक शिर्षकमा ३० सेकेण्डदेखि १० मिनेट सम्मको सर्ट मुिभ बनाइ पुषको १९ गते अर्थात जनवरि ३ सम्म उक्त मुभिकाे युट्युव वा गुगल ड्राइभ लिन्क सहित टिम र भिडियोको नाम सहित (भि.उम. सि ) फारम भरी उक्त प्रतिस्पर्धामा भाग लिन सक्नेछ्न ।

पुस १९ लगत्रै निर्णय मण्डलले चयन गर्ने सर्वोत्कृष्ट ३० भिडयाे बेष्ट वान नेटवर्कको युट्युव च्यानल र फेसबुक पेजबाट प्रशारण गरिने छ र सामािजक संजालमा भोट समेत सुरु गरिने छ । प्रतिस्पर्धामा प्राप्त गर्ने अंकमा निर्णायक मण्डलकाे ६० प्रतिशत भार रहने छ भने बाकि ४० प्रतिशत भार सामािजक संजाल अर्थात फेसबुक र युट्युबकाे भिउ , शेयर र लायकमा रहने छ । सामािजक संजालकाे ४० प्रतिशत भार मध्यको अंक प्राप्त गर्न प्रतिस्पर्धाको भिडियो युट्युमा एक पटक हेरेमा १ भाेट, पेसबुकमा १ लायक गरेमा १ भाेट र १ शेयर गरेमा १ भाेट गरि संकिलत जाेड अंकले प्रतिस्पर्धिको कुल अंक गणना गरिने छ ।

साथै आयोजक टिमले पौष १९ बिहिबारसम्म ३० सेकेन्डदेखि १० मिनटभित्रको आफ्नो टिमको भिडियोको YouTube वा Google Drive Link सहित website www.bon.com.np मा गएर दर्ता गर्न सकिने बताएको छ ।

“मार्मिक र पृथक भिडियो बनाएर समाजमा सचेतना, अरुमा अभिप्रेरणा र स्वयमबाट सत्कार्यको सुरुवात गरौँ “ भन्ने आह्वान आयोजक संस्थाहरु NHICT, NHC STEM, NHI STEM, Oxford STEM तथा BON ले गरेका छ्न ।

© Copyright 2018 - Best One Network, All rights reserved.